भोली माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलायो

मुख्य खबर

नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । स्थायी कमिटी सदस्य लीलामणि पोखरेलका अनुसार मंगलबार बिहान साढे ८ बजे पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बोलाइएको छ ।

बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार गठनका विषयमा छलफल गर्ने बताइएको छ । सर्वोच्च अदालतले एकीकृत पार्टी नेकपा अवैधानिक रहेको भन्दै २३ फागुनमा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा रहेको फैसला सुनाएपछि दुई दल अलग–अलग भएका छन् । 

अलग भएपछि माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन आग्रह गर्दै आएको छ । तर, समर्थन भने फिर्ता लिएको छैन । 

यसअघि ५ पुसमा प्रधानमन्त्री ओलीले संसद् विघटन गराएपछि माओवादी केन्द्र र एमालेको माधव नेपाल खेमाका मन्त्रीहरूले राजीनामा दिएका थिए । राजीनामा नदिएकासहित थप माओवादी नेताहरूलाई पछि ओलीले मन्त्री बनाएका थिए भने पार्टीको जिम्मेवारीसमेत तोकेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *