राष्ट्रिय बाणिज्य बैंकमा प्रवेशगरी तोडफोड गर्ने व्यक्ति पक्राउ

मुख्य खबर

बाँके फागुन ६ गते ।
नेपालगन्जस्थित राष्ट्रिय बाणिज्य बैंकमा प्रवेशगरी तोडफोड गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका–२ मा रहेको राष्ट्रिय बाणिज्य बैंकमा प्रवेशगरी विभिन्न महत्वपूर्ण कागजात तथा दराज तोडफोड गरी फरार भएका टीकापुर नगरपालिका–९ कैलालीका २६ वर्षीय सन्जु विकलाई प्रहरीले पक्राउ गरेको हो ।

खुकुरीसहित पक्राउ परेका विकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *