आज बिहान नौ बजेबाट सप्तरी क्षेत्र नम्बर- १ र २ को मतगणना सुरु, ३ र ४ को पनि आजै हुने

उज्यालो खबर मुख्य खबर

सप्तरी। सप्तरी क्षेत्र नम्वर एक र दुईको मतगणना सोमबार बिहान नौ बजेबाट शुरु भएको छ ।

मतपेटिका संकलन पश्चात् तत्कालीन सर्वदलीय बैठक बसी सहमति जुटाएर राती नै मतगणना सुरु गर्ने मुख्य निर्वाचन कार्यालयको तयारी रहेपनि सर्वदलीय बैठकले भोलि बिहानबाट गर्ने भएको सहमती अनुसार सोमबार नौ बजेबाट मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका निर्वाचन अधिकारी रमेश जोशीले जानकारी दिएका छन् ।

त्यसैगरी सप्तरी क्षेत्र नम्बर एकको पनि आइतबार अबेर राति नै सर्वदलीय बैठक बसी सोमबार बिहान आठदेखि नौ बजेको समयमा मतगणना सुरु गरिसक्ने सहमतिअनुसार अहिले ९ बजेबाट मतगणना सुरु भएको निर्वाचन अधिकृत धनेन्द्र अधिकारीले जानकारी गराए ।
‘मतपेटिका संकलन कार्य मध्यराती सम्पन्न भएको सप्तरी क्षेत्र नम्बर तीन र चार को मतगणनाको लागि बिहान १० बजे वस्ने सर्वदलीय बैठकले मतगणनाको समय तय गरी आजै गणना शुरु गर्ने सम्बन्धित निर्वाचन अधिकृतहरुसँग जानकारी प्राप्त भएको छ,’ उनले भने ।

मतगणना सुरु भएसँगै आम नागरिक तथा उम्मेदवारले मतपरिणामबारे जानकारी पाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुविधा सम्पन्न संचारकक्ष व्यवस्थापन गरिएकाे छ । साथै आम नागरिकले मतगणनाको अपडेट घरमै बसेर टेलिभिजन वा हातमा रहेको मोबाइल मार्फत लाइभ हेर्न सकिने सहितको चुस्त व्यवस्थापन मिलाइएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी गराए ।

सप्तरीको क्षेत्र नम्बर- १ को लागि कञ्चनपुर, दुईको लागि राजविराजमा मूख्य निर्वाचन अधिकृतको कार्यालय त्यस्तै,क्षेत्र नम्बर – १ को लागि कञ्चनपुर, तीनको लागि शम्भुनाथ र निर्वाचन क्षेत्र नम्बर – ४ को लागि खडक नगरपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको सम्पूर्ण प्रकृया पुरा गर्नमुख्य निर्वाचन अधिकृत रावलले बताए । यो खबर न्युज24 मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *