स्वास्थ्य परामर्श तथा घुम्ती सेवाबाट मुगुम कार्मारोङका नागरिक लाभान्वित !

उज्यालो खबर मुख्य खबर

मुगु- १७ वटा गाउँ वस्ति रहेको यस मुगुम कार्मारोङ गाउँपालिकामा स्वास्थ्य सचेतना , रोकथाम तथा उपचारका निम्ति निशुल्क  स्वास्थ्य परामर्श तथा घुम्ती सेवा सञ्चालन  भइरहेको छ। जन्तरगत   गत  शनिबार वडा न ५ सेरोग गाउँमा सेवा दिइएको छ।  

उक्त गाउका बिरामीलाई दन्त सेवा  तथा अन्य  चेक जाँच र स्वास्थ्य परामर्श दिइएको छ। उक्त कार्यमा वडा न ५ का अध्यक्ष दावा साङ्बा लामा, महिला स्वास्थ स्वयंसेविका छिरिङ ल्हामु लामा , सेरोग गाउका युवा सोनाम दोर्जे मान्दाक्सा ,  वडा सदस्य तार्के लामा लगायतले सहयोग गरेको स्वास्थ्य शाखा प्रमुख बलिराज बुढाले जानकारी दिए। यो खबर स्वास्थ्य खबरपत्रिका मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *