‘छक्का पञ्जा ४’ फागुन १९ गते प्रदर्शन हुने !

उज्यालो खबर मुख्य खबर

मराज विसी निर्देशित फिल्म ‘छक्का पञ्जा ४’ आगामी फागुन १९ गतेबाट प्रदर्शन हुने भएको छ।

निर्माता तथा अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन्। ‘छक्का पन्जा ४ रिलिज डेट फागुन १९ गते,’ उनले लेखेका छन्।

यो फिल्म फागु पूर्णिमाको छेको पारेर प्रदर्शन हुन लागेको हो।

फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, केदारप्रसाद घिमिरे (माग्ने बुढा), राज आचार्य, बुद्धि तामाङ, परीक्षा लिम्बु, लुनिभा तुलाधर, सुष्मा निरौला, विकास शाह, रमेश बुढाथोकी, सुवास गजुरेल, अनुराग कुँवरलगायत कलाकारको अभिनय छ।

केदारप्रसाद घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माता रहेको फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गरेका छन्। 

यसअघि फागुन १९ मा मिलन चाम्सको ‘वर एण्ड वधु’, सुरज पाण्डेको ‘परस्त्री’ र सुरक्षा पन्त अभिनित फिल्म ‘बुलाकी’ले पनि प्रदर्शन मिति घोषणा गरिसकेका छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *