मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले घट्यो !

आर्थिक परिवेश उज्यालो खबर मुख्य खबर

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार १ सयमा कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ६ सय रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँले घटेर एक हजार २४५ कायम भएको महासंघले जनाएको छ ।

Advertisements

Leave a Reply

Your email address will not be published. Required fields are marked *