क्यान्सर अस्पताल खजुराको अध्यक्ष टेकेन्द्र मल्लले गरे पदभार ग्रहण !

उज्यालो खबर मुख्य खबर

नेपालगन्ज : सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको अस्पताल बिकास समितीको नव नियुक्त अध्यक्ष टेकेन्द्र मल्लले पदभार ग्रहण गरेका छन् ।

अस्पतालमा आज एक कार्यक्रमका बिच नव नियुक्त अध्यक्ष टेकेन्द्र मल्ल, सदस्यहरु दिपा केसी र इमरान खानले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै अध्यक्ष मल्लले खजुरेली जनताको आशा र भरोसाको केन्द्र क्यान्सर अस्पताललाई आफ्नो कार्यकालमा अझ उचाईमा पुराउने बताएका छन् ।

क्यान्सर अस्पतालमा थप्नुपर्ने पुर्वाधार होस या सेवाहरु जसको लागी म हरसम्भव कोसिस गर्दै अस्पताललाई क्यान्सर विशेषज्ञ अस्पताल बनाउन लागी पर्ने र सोको लागी कर्मचारी, स्थानीयको सहयोगको अपेक्षा रहेको बताएका छन् ।

अस्पताल परिसरमा सम्पन्न पदभार ग्रहण कार्यक्रममा अस्पतालका मेसु कृष्ण प्रसाद आचार्य, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिक तुफान, अस्पताल बिकास समितिका निवर्तमान अध्यक्ष भक्त बहादुर केसी, नेकपा एसका नेता दल बहादुर सुनार, नेकपा एस बाँके क्षेत्र नम्बर ३ प्रदेश खका संयोजक ऋषि पोख्रेल लगायतका सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *