जबरजस्ती बलात्कार प्रयास गरेको आरोपमा भारतीय पक्राउ !

उज्यालो खबर मुख्य खबर

विराटनगर : नेपाल प्रवेश गरेर महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले मोरङको जहदाबाट एक जना भारतीय नागरिकलाई मंगलबार साँझ पक्राउ गरेको छ । घरभित्र छिरेर जहदा गाउँपालिका–५ की २५ वर्षीया महिलालाई जबरजस्ती गर्न खोजेको आरोपमा भारत अररिया घर भएका २३ वर्षीय मोहमद हजमलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

 उनका अनुसार महिला घरमा कोही पनि नभएको र एक्लै भएको मौकामा घरभित्रै पसेर हजमले बलात्कारको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आफूमाथि बलात्कार प्रयास भएपछि महिलाले होहल्ला गरेकी थिइन् । 

परिवारले घटनाका बारेमा जानकारी दिएपछि पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले बताए । प्रहरीले हजमविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दा चलाउने तयारी गरेको छ । यो खबर अन्नपूर्ण मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *