जारी युद्धबीच ९ हजार युक्रेनी सेना मारिए पनि युक्रेनले आफ्नो स्वतन्त्रता दिवस मनाउँदै छ !

उज्यालो खबर मुख्य खबर

किभ (एएफपी) : रूसले युक्रेनमा आक्रमण गरेदेखि हालसम्म करिब ९ हजार युक्रेनी सैनिक मारिएका छन्। ६ महिनादेखि रुस–युक्रेन युद्ध जारी छ।   युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले स्पेनमा संघले युक्रेनका सेनालाई सैन्य प्रशिक्षण दिने विचार गरिरहेको बताएका छन्।   

युक्रेनका कमान्डर–इन–चिफ जनरल भ्यालेरी जालुज्नीले यस विषम परिस्थितिमा बालबालिकाको हेरचाहमा विशेष ध्यान दिनुपर्ने बताएका छन्। थुप्रै बालबालिकाका अभिभावक युद्ध मैदानमा छन्। तीमध्ये कतिपय त मारिएका छन्। बालबालिकाको पालनपोषण र शिक्षादीक्षामा गम्भीर समस्या देखिएको छ। जारी युद्धबीच यही बुधबार युक्रेनले आफ्नो स्वतन्त्रता दिवस मनाउँदै छ।  

मस्कोको सेनाले राजधानी किभ कब्जा गर्ने तयारी गरे पनि असफल भएपछि युक्रेनको पूर्वी भूमि नियन्त्रणमा लिन आफ्नो ध्यान केन्द्रित गरेको छ। युद्धले ऊर्जा–इन्धन र खाद्यान्नको मूल्य अकासिएको छ। विश्वभर युद्धको झट्का महसुस भइरहेको छ।   

रूसको एफएसबी सुरक्षा सेवाले सोमबार मस्कोको बाहिरी इलाकामा शनिबार भएको कार बम विस्फोटमा युक्रेनको हात रहेको आरोप लगाएको छ। सो विस्फोटमा कट्टर रुसी विचारधाराका नेता अलेक्जेन्डर डगकी छोरी डारिया डुगिना मारिएकी छन्।   

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मृतकका परिवारप्रति समवेदना दिँदै ‘घृणित अपराध’को निन्दा गरेका छन्। यो खबर अन्नपूर्ण मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *