कटुवा पेस्तोलसहित दुई जना पक्राउ !

उज्यालो खबर मुख्य खबर

काठमाडौं :

कटुवा पेस्तोलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका-१ ठाडगाउँबाट प्रहरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको जनाएको हो ।

पक्राउ पर्नेमा ठाडगाउँका २६ वर्षीय धिरज मुखिया र ३५ वर्षीय अनिल मुखिया रहेका छन् । उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल बरमद गरेको प्रहरीले जनाएको छ ।

बुधबार बिओपी पिपरपातिबाट खटिएको सशस्त्र प्रहरीले जाँच गर्दा उनीहरूको साथमा कटुवा पेस्तोल फेला पारेको जनाएको छ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *