झापाका एमाले अध्यक्ष कार्कीको घरको प्रवेशद्वारमै कुकर बम फेला !

उज्यालो खबर मुख्य खबर

झापा । नेकपा एमाले झापा अध्यक्ष दीपक कार्कीको निवास अगाडी शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको टोलीलाई खबर गरिएको छ ।

गौरादह नगरपालिका–३ स्थित घरको प्रवेशद्वारमा शुक्रबार बिहान शङ्कास्पद वस्तु फेला परेको हो ।

विहान करिब साढे ५ बजेतिर जडित प्रेसर कुकर देखेपछि अध्यक्ष कार्की आँफैले प्रशासनलाई खबर गरेको जनाइएको छ ।

अहिले नेपाली सेनाको टोलीले उक्त वस्तु निस्कृय गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

उक्त वस्तुको बारेमा पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *