एमाले अध्यक्ष ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी !

उज्यालो खबर मुख्य खबर

भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिका– २ मा कांग्रेसको प्यानल नै विजयी भएको छ ।

सुर्यविनायक नगरपालिका– २ नेकपा एमालेका अध्यक्ष केपी ओली निवास क्षेत्र हो । उक्त क्षेत्रमावडाध्यक्षमा नेपाली कांग्रेसका प्रदिप कार्कीको प्यानल विजयी भएको हो ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार विश्वराज विष्टलाई २०६ मतले पछाडि पारे । कार्कीले १५११ मत प्राप्त गरे भने विष्टले १३०५ मत प्राप्त गरे ।

खुला सदस्यामा कांग्रेसका जर्नादन खड्काले १४७६ र भगत रानाले १४२४ मत ल्याएर विजयी भए ।

महिला सदस्यमा कांग्रेसकै कल्पना खतिवडाले १५२१ र दलित महिला सदस्यमा कांग्रेसकै रन्जीता तिखत्रीले १५१७ मत ल्याएर विजयी भए ।

एमाले अध्यक्ष ओलीले सोही वडाबाट मतदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *