कमरुद्दिन राइले गरे नेपालगन्जको उपमेयरमा उम्मेदवारी दर्ता !

उज्यालो खबर मुख्य खबर

बाँके बैशाख १२ गते ।
नेपालगन्ज उपमहानगरपालिकाको उपमेयरमा जसपाका बाँके अध्यक्ष कमरुद्दिन राइले उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टी कार्यालयबाट दलबलसहित निस्किएका राइले सुर्खेतरोड स्थित शिक्षा समन्वय समितिमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

राइ जसपा र काँग्रेसको गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा छन् । काँग्रेसले मेयरमा प्रशान्त विष्टलाई उठाएको छ ।

जसपाबाट उपमेयर बनेका राइ नेपालगन्जका चर्चित युवा नेता हुन् । उनी सहयोग र समाजसेवीकारुपमा आफुलाई चिनाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *