पालिकाले महिलालाई वितरण गर्न लागिएको ११० थान साडी बरामद !

उज्यालो खबर मुख्य खबर

काठमाडौं । प्रहरीले निर्वाचन आचारसंहिता विपरीत काठमाडौँको चन्द्रागिरी नगरपालिकाबाट महिलालाई वितरण गर्न लागिएको ११० थान साडी आज बरामद गरेको छ । प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले साडी बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

उक्त नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयबाट आचारसंहिता विपरीत स्थानीय महिलालाई साडी वितरण गर्न लागिएको भन्ने सूचना आएपछि प्रहरी टोलीले साडी बरामद गरेको जनाइएको छ ।

उक्त साडी चन्द्रागिरी नगरपालिका–८ को वडा कार्यालयको भवनबाट स्थानीय महिला समूहलाई वितरण गर्न तयारी अवस्थामा राखिएको फेला परेको थियो ।

चन्द्रागिरी नगरपालिका–८ का अध्यक्ष सन्तोष खड्काले शुक्रबार एक सूचनामार्फत महिलाहरुबाट साडी पाऊँ भनी निवेदन परेकाले सोही आधारमा साडी बुझिलिन आज आउन भनी आग्रह गरेका थिए । उक्त कार्यक्रम निर्वाचन आचारसंहिता विपरीत हो ।

काठमाडौं । प्रहरीले निर्वाचन आचारसंहिता विपरीत काठमाडौँको चन्द्रागिरी नगरपालिकाबाट महिलालाई वितरण गर्न लागिएको ११० थान साडी आज बरामद गरेको छ ।

प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले साडी बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

उक्त नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयबाट आचारसंहिता विपरीत स्थानीय महिलालाई साडी वितरण गर्न लागिएको भन्ने सूचना आएपछि प्रहरी टोलीले साडी बरामद गरेको जनाइएको छ ।

उक्त साडी चन्द्रागिरी नगरपालिका–८ को वडा कार्यालयको भवनबाट स्थानीय महिला समूहलाई वितरण गर्न तयारी अवस्थामा राखिएको फेला परेको थियो ।

चन्द्रागिरी नगरपालिका–८ का अध्यक्ष सन्तोष खड्काले शुक्रबार एक सूचनामार्फत महिलाहरुबाट साडी पाऊँ भनी निवेदन परेकाले सोही आधारमा साडी बुझिलिन आज आउन भनी आग्रह गरेका थिए । उक्त कार्यक्रम निर्वाचन आचारसंहिता विपरीत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *