कलाकार भन्छन् आरआरआर-२ बन्नुपर्छ, निर्देशक राजामौली भन्छन्- विचार गर्छु !

उज्यालो खबर उज्यालो रंगमन्च मुख्य खबर

हुबली’ निर्देशक एसएस राजामौलीको फिल्मले विश्वभर राम्रो व्यापार गरिरहेको छ। फिल्मले विश्वभरबाट १० अर्ब भारू (१६ अर्ब नेपाली रूपैयाँ) कमाएको छ। 

निर्देशक राजामौलीले फिल्ममा स्वतन्त्रता सेनानी अल्लुरी सीताराम राजु र कोमाराम भीमको जीवनबाट प्रभावित भएर दुई पात्र बनाएका छन्। फिल्ममा उनीहरूको मित्रतालाई निकै रुचाइएको छ।

यसैबीच ‘आरआरआर’ को सफलतामा बुधवार आयोजित एक विशेष कार्यक्रममा बोल्दै कलाकार जुनियर एनटीआरले फिल्मको सिक्वेल बन्नुपर्ने बताएका छन्।

‘यदि राजामौली सरले ‘आरआरआर-२’ बनाउनेबारे विचार गरे त हामी सबै खुसी हुने थियौं’, उनले भने,‘फिल्मको सिक्वेल बन्नुपर्छ।’

राजामौलीको यो लगातार तेस्रो सुपरहिट फिल्म हो। यसअघि ‘बाहुबली : द बिगनिङ’ र उसको सिक्वेल ‘बाहुबली : द कनक्लूजन’ लाई दर्शकले औधि रूचाए। दुबै फिल्ल सुपरहिट भए।

जुनियल एनटिआरले पत्रकारहरूसँग हाँस्दै भने,‘मलाई पुरा भरोसा छ कि यदि उहाँले सिक्वेल नबनाए तपाईहरू उहाँलाई जिउँसो छोड्नुहुन्न।’

उनले ‘आरआरआर २’ बन्नु पर्ने र यसको पनि नतिजा उही हुनुपर्ने जिकिर गरे। 

यस्तै कलाकार राम चरणले पनि फिल्मको सिक्वेल बन्नुपर्ने तर्क गरे। ‘यदि राजामौली सरले ‘आरआरआर-२’ को विषयमा विचार गर्नुभएमा  हामी सबै खुसी हुने थियौं।’ 

यसको जवाफमा राजामौलीले भने-‘मलाई विचार गर्न दिनुहोस्, मलाई फिल्म बनाएरै खुसी मिल्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *