नेपालगन्जज मुनाहबाट ८० ट्याब्लेट लागु औषधसहित योगी पक्राउ !

उज्यालो खबर मुख्य खबर स्वास्थका कुरा

बाँके चैत १९ गते ।
नेपालगन्ज उपमहानगरपालिका १५ जमुनाहबाट प्रतिबन्धित लागु औषधसहित एकजना पक्राउ परेका छन् ।

नलघाट नगरपालिका ५ दल्ली बस्ने २३ वर्षीय विशाल नाथ योगीलाई आज दिउँसो पक्राउ गरिएको जमुनाह प्रहरीका इन्चार्ज मीनबहादुर विष्टले जानकारी दिनुभयो ।

योगीको गतविधि शंकास्पद लागेपछि प्रहरीले खानतलासी गर्दा उनको साथबाट ४२ ट्याब्लेट नाइट्रोभ्याट र ३८ ट्याब्लेट ट्रामाडोल फेला परेको विष्टले बताउनुभयो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *