सुन-चाँदीको मूल्य लगातार घट्दै , कतिमा हुँदैछ कारोबार ? 

उज्यालो खबर मुख्य खबर

बुधबार सुन-चाँदीको मूल्य घटेको छ।

आज सुन प्रतितोला ९८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। 

सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बुधबार सुन प्रतितोला चार सय र चाँदी १० रुपैयाँले घटेको हो। 

मंगलबार सुन प्रतितोला ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो। 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य बढेर प्रतिऔंस १९ सय २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *