आज आफ्नै मैदानमा नेपालले पपुवा न्युगिनीसँग एकदिवसिय क्रिकेट खेल्दै !

उज्यालो खबर मुख्य खबर

काठमाडौं । नेपालले आज पपुवा न्युगिनी (पीएनजी)सँग एक दिवसिय क्रिकेट खेल्ने भएको छ । पपुवा न्युगिनीसँग नेपालले आफ्नै खेलमैदानमा पहिलो एकदिवसिय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो ।

खेल बिहान ९ बजेबाट त्रिवि क्रिकेट कीर्तिपुरमा हुनेछ । खेलमा नेपालको कप्तानी सन्दिप लामिछानेले गर्नेछन् । दुई खेल हुने प्रतियोगितामा नेपाल र पपुवा न्युगिनीबीचको अर्को खेल शनिबार भोलि पनि हुनेछ ।

यसअघिको खेलहरुमा नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको थियो । भर्खरै युएइमा सम्पन्न दुई एकदिवसिय खेलहरुमा नेपालले जित निकालेको हो । नेपालले पपुवा न्युगिनीसँग एक खेलमा दुई विकेटको जित निकालेको थियो भने अर्को खेलमा ७ विकेटको जित दर्ता गरेको थियो ।

आजको खेल पनि महत्वपूर्ण भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले बताएका छन् । उनले ठूलो प्रतियोगिताको मुखमा हुन लागेको यो खेललाई महत्वपूर्ण रुपमा लिइएको जनाएका छन् । यो प्रतियोगितामा युवा खेलाडीहरूहरुलाई प्राथमिकता दिइने उनले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *