स्याङ्जा : ‘युक्रेन माथिको अतिक्रमण बन्द गर, सबै मानिसका आधारभूत अधिकार प्रत्याभुत गर’भन्दै मानव अधिकारकर्मीहरुले मंगलबार स्याङ्जा सदरमुकाममा प्रर्दशन गरेका छन्।
रुस-युक्रेन युद्ध बन्द गर भन्दै मानवअधिकार तथा शान्ति समाज स्याङ्जाले प्रर्दशन गरेको हो। युद्ध निषेध : शान्ति बिशेष अभियान भन्ने मुल नारा लेखिएको ब्यानरसहित नगर परिक्रमा गर्दे जिल्ला प्रशासन कार्यालयको प्रवेश द्धारमा बसेर प्रर्दशन गरेका हुन्।
प्रर्दशनपछिको सभामा बोल्दै अधिकारकर्मी एवं समाजसेवी प्रेमराज पौडेलले जुनसुकै समस्यको निकास पनि वार्ताद्धारा हुने जनाउदै रुस र युक्रेनबीचको युद्ध वार्तामार्फत टुंग्याउदै सबै मानव जातिको अधिकार प्रत्याभूत गराउनु पर्ने बताए।
फ्रेवुअरी २४ देखिसुरु रुस युक्रेनबीचको युद्ध महिना दिन पुग्नलाग्दा सम्म पनि जारी छ। युद्धका क्रममा हजारौं बालबालिका, महिला तथा पुरुषहरुको ज्यान गएको छ, ३५ लाख भन्दा बढी युक्रेनी विस्थापित बनेको र अरबौं मूल्य बराबरका धनजनको क्षति पुगेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।
अन्नपुर्ण पोष्ट मा यो खवर छ