खजुरा २ मा धनिराम ओलीले गरे पदभार ग्रहण !

उज्यालो खबर मुख्य खबर

पालगन्ज : खजुरा वडा नम्बर दुईमा निर्वाचित अध्यक्ष धनिराम ओलीले आज पदभार ग्रहण गरेका छन् ।

खजुरा गाउँ पालिका वार्ड न २ मा सोमबार भएको पद बहाली तथा बिदाइ कार्यक्रममा ओलीले पदभार ग्रहण गरेका हुन् ।

पद बहाली तथा बिदाइ कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका निवर्तमान वडा अध्यक्ष देविलाल खनाललाई बिदाई समेत गरिएको थियो ।

पदभार ग्रहण गर्दै अध्यक्ष ओलीले वडाको समुन्नत बिकासको लागी आफुले दलगत स्वार्थ भन्दा माथी उठेर कार्य गर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *