काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आगामी निर्वाचनमा एमालेले ठूलो पराजय व्यहोर्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा गौरीशंकर च्छोरोल्पा मिडियाको दोश्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले आगामी निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने दाबी गरेको एमालेले ठूलो पराजय व्यहोर्नुपर्ने बताएका हुन् ।
उनले एमाले सरकारको पालामा बतासलाई कौडीको भाउमा नारायणहिटी र पशुपति धर्मशाला दिएको भन्दै यसको जवाफ वैशाख ३० गतेको निर्वाचनबाट पाउने धारणा राखे ।
त्यस्तै उनले आफूलाई एकीकृत समाजवादीले निकै ठूलो जिम्मेवारी दिएको भन्दै आफू मन्त्री पदमा रहुन्जेल कसैको शिर निहुरिन नदिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । यो समाचार news24 छ ।