हुम्ला- हुम्लाको खार्पुनाथ गाउँपालिका–१ की गर्भवती महिलाको मृत्यु भएको छ।

वडा नं १ की २१ वर्षीय गीता बुढालाई गर्भवती हुने समयअघि नै व्यथा लाग्दा फोक्सोमा समस्या भएर मृत्यु भएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ।
शिशु जन्माउँदा बग्ने पानी फोक्सोको रगत नलीमा अड्केर काम नगर्दा सोमबार बिहान ६ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला अस्पतालका डा. टसी आङ्जुक लामाले जानकारी दिए।
फोक्सोको रगत नलीमा अड्किएको फोहर पानी बाहिर जान नसक्दा मृत्यु भएको डा लामाले बताए।
सुत्केरी व्यथा लागेको केही समयपछि गाउँबाट जिल्ला अस्पतालमा थप उपचारका लागि ल्याए पनि उपचार हुन सकेन र उपचारका क्रममा मृत्यु भएको।
ती महिलाले पाँच महिनाको शिशुलाई जन्म दिएको जानकारी प्राप्त भएको छ। भौगोलिक विकटताका कारण समयमै उपचार हुन नसक्दा हुम्लाका गर्भवती महिलाले अकालमै ज्यान गुमाउनु परेको छ।