पल शाह शाहविरुद्ध १४ वर्षसम्मको जेल सजायको माग गर्दै नवलपुर अदालतमा मुद्दा दायर !

उज्यालो खबर मुख्य खबर

काठमाडौँ । अभिनेता पल शाह उर्फ पूर्णविक्रम शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा बलात्कारको मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले १६ वर्षीया किशोरीले दिएको जाहेरीका आधारमा बिहीबार शाहविरुद्ध मुद्दा दायर गरेको हो ।

किशोरीले आफूमाथि बलात्कार भएको भन्दै शाहविरुद्ध ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी गरेकी थिइन् । १५ फागुनमा शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेपछि किशोरीले जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा पनि बलात्कारको उजुरी गरेकी थिइन् ।

शाहविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ को ३ को ‘ग’अनुसार १२ देखि १४ वर्षसम्मको जेल सजाय माग गरिएको छ । यो दफामा १४ देखि १६ वर्षसम्मकी बालिकालाई बलात्कार गरेमा १२ देखि १४ वर्षसम्म जेल सजाय हुने उल्लेख गरिएको छ ।

नेपालको कानूनले महिलाको मञ्जुरी नलिई वा १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ । बलात्कारसम्बन्धी उजुरी परेपछि शाह अहिले जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् । त्यहाँ पनि उनीमाथि बलात्कारको अभियोगबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *