हिसान बाँके-बर्दियाको चौथो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा निर्मल उपाध्याय ?

उज्यालो खबर मुख्य खबर शैक्षिक निगरानी


नेपालगन्ज : हिसना बाँके-बर्दियाको चौथो जिल्ला अधिवेशनबाट निर्मल उपाध्यायको अध्यक्षतामा ९ सदस्य नयाँ कार्य समिति चयन भएको छ ।

बुधबार नेपालगन्जमा भएको अधिवेशनबाट निर्मल उपाध्याय अध्यक्ष रहेको ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । त्यस्तै हिसानको नयाँ कार्यसमितिको उपाध्यक्षमा शसी स्वार, सचिवमा संजिव पंगेनी कोषाध्यक्षमा अर्जन लाल नेवार र सदस्यहरुमा गिरीराज पौडेल, अशोक बस्नेत, लाल मणी धिमेरे, दुर्गा थापा मगर, अम्मर राज खत्री चयन भएका छन् ।

नेपालगंजमा सम्पन्न अधिवेशनको प्रमुख अतिथिको रुपमा हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलवाल, बिशिष्ट अथितिमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख धवल शमशेर राणा, हिसानका केन्द्रिय कार्यसमितिका बरिष्ठ उपाध्यक्ष युवराज शर्मा, केन्द्रिय उपाध्यक्ष रामेश्वर अर्याल, केन्द्रिय उपाध्यक्ष इश्वर पोखरेल लगाएतका ब्यक्तिहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको अध्यक्षता सभापति डा. अवनिन्द्र दत्त मिश्रले गरेका थिए ।

This image has an empty alt attribute; its file name is Sequence-01.00_00_02_10.Still001-1-1024x576.jpg

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलवालले निजि शैक्षिक संस्थाहरुले आधारभुत शिक्षा देखि उच्च शिक्षा सम्म गुणस्तर शिक्षा प्रद्धान गरेको बताउनु भयो । साथै नयाँ कार्यसमितिलाइ शुभकामना दिनु भएको थियो । निजि शैक्षिक संस्थाहरुले राज्यलाई थप सहयोग पुगको भन्दै निजि क्षेत्रप्रति हेने दृष्टीकोण राज्यको सकारात्मक हुनुपर्ने र निजि विद्यालयहले गुणस्तर शिक्षा दिने गरेको बिभिन्न वक्ताहरुले आफ्ना भनाइमा राखेका थिए ।

कार्यक्रममा प्याब्सन प्रतिनिधि बिभिन्न शैक्षिक संस्थाका संस्थापक लगाएतका बिभिन्न ब्यत्तिहरुको उपस्थित रहेको थियो भने कार्यक्रको संचालन पवन गौतमले गर्नु भएको थियो । समितिले बाँके र बर्दियाका हिसान अवद्ध सबै शैक्षिक संस्थाहरुका लागी काम गर्ने छ ।

This image has an empty alt attribute; its file name is Sequence-01.00_00_35_10.Still003-1024x576.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *