नेपालगन्ज : लामोसमय देखि बिबादास्पद अमेरिकी परियोजना एमसिसीको बिरुद्धमा नेपालगन्जमा आइतबार बृहत प्रदर्शन गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी बाँकेका मोर्चा फाटको आयोजनामा अमेरिकी परियोजना एमसिसीको बिरुद्धमा नेपालगन्जमा बृहत बिरोध प्रदर्शन गरिएको हो
आइतबार नेपालगन्जको धम्बोझी चोक देखी सुरु भएको एमसिसी बिरुद्धको बिरोध र्याली पुष्पलाल चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
बिरोध सभालाई सम्बोधन गर्दै अधिवक्ता पदम पाण्डेयले एमसिसीको केही बुदाहरु नेपालको हित बिपरित रहेको बताएका छन् । पाण्डेयले एमसिसीका कुन कुन बुदा कसरी र किन नेपालको हितमा छैन भनेर ब्याख्या गरेका थिए ।
उता बिरोध सभालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजबादीका केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज अशोक कोइरालाले एमसिसी यथास्थितिमा स्विकार्न कदापि नसकिने जिकिर गरेका छन् ।
एमसिसी लादेर हुँदैन, जुन पार्टी एमसिसि पास गर्न खोज्दै छन् उनिहरुलाई जनताले माफ नगर्ने जिकिर गरेका थिए । एमसिसी नेपालको हितमा र आर्थिक सहायता मात्रै नभएको अमेरिका तथा नेपालकै केही राजनैतिक दलको क्रियाकलापले प्रष्ट पारेको बताएका छन् ।
उता युवा संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका मोर्चा फाटका संयोजक किशोर थापाले बिरोध सभालाई सम्बोधन गर्दै आर्थिक हिसाबले पनि महत्वपूर्ण र ठूलो रकम नरहेको एमसिसी परियोजना नेपालको हितमा छैन भन्ने थाहा हुँदा हुँदै यसलाई पारित गर्न तयार राजनैतिक दललाई जनताले सजाय दिने बताएका छन् ।
हाम्रै देशको श्रोत साधान र एनसेलबाट उठाउनुपर्ने कर मात्रै ले त्यो परियोजना हामिले पूरा गर्न सक्छौ भने राष्ट्र हितमा नरहेको एमसिसी नेपाललाई आवश्यक नै छैन । नेता थापाले बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी बाँकेका सबै भातृ संगठनको सहभागीता रहेको बिरोध कार्यक्रममा नेकपा एकीकृत समजबादिका केन्द्रिय पोलिट ब्युरो सदस्य दल बहादुर सुनार, नेकपा एस बाँकेका इन्चार्ज अब्दुल हुसेन खाँ, नेकपा एस बाँकेका अध्यक्ष इन्द्र बहादुर थापा, अनेरास्ववियूका केन्द्रिय सचिव टेकेन्द्र मल्ल, युवा संघ बाँकेका अध्यक्ष राजु तामाङ, सचिव सुनिल रसाइली लगायतको सहभागीता रहेको थियो ।