ट्रक र मोटरसाइकल ठोक्किंदा तनहुँमा २ जनाको मृत्यु

उज्यालो खबर मुख्य खबर

१८ माघ, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको दमौली–डुम्रे सडक खण्डमा ट्रक र मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलमा चढेका तनहुँको व्यास नगरपालिका–५ का अनिल मगर र विकास विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता युवराज खड्काले जानकारी दिए ।

उनीहरु सवार ग १८ प ९२९५ नम्बरको मोटरसाइकल र लु १ ख ९८३२ नम्बरको ट्रक गएराति तनहुँको बन्दिपुर गाउँपालिकाको बेल भञ्ज्याङ भन्ने स्थानमा ठोक्किएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *