जोर-बिजोर प्रणाली नमान्ने १८५ सवारी साधन प्रहरी नियन्त्रणमा

उज्यालो खबर मुख्य खबर

काठमाडौंमा जोरबिजोर प्रणाली नमान्ने १८५ सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

काठमाडौंमा आइतबार जोर मितिको दिन पनि बिजोर सवारी साधन चलाउने १८५ सवारी साधनलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। सो संख्या बिहान १० बजेसम्मको हो।

त्यसमध्ये १५९ वटा दुई पांग्रे र २६ वटा ठूला सवारी साधनलाई नियन्त्रणमा लिइएको हो।

प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले सोह्रखुट्टे चोकबाट ३१ वटा दुई पांग्रे र एउटा ठूलो सवारी साधनलाई नियन्त्रणमा लिएको छ। 

कोरोना भाइरसको नियन्त्रण गर्न काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले सवारी साधन तथा मानिसहरूको भीडभाड घटाउन भन्दै जोर-बिजोर प्रणाली अपनाएको हो। 

सो प्रणाली शनिबारदेखि लागु गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *