७ कलाकारको साथमा “सप्तरंग ३” नेपालगन्ज

उज्यालो खबर उज्यालो रंगमन्च मुख्य खबर

नेपालगन्ज : गृष्मा बोर्डकास्टिङ्को आयोजनामा भइरहेको “सप्तरंग ३” को लुम्बिनी प्रदेश अन्तर्गत नेपालगन्जमा भव्य कार्यक्रम सम्पन्न भएको छ।

बिहिवार नेपालगन्जको रामलिला मैदानमा भएको कार्यक्रम हेर्न हजारौं दर्शकको सहभागीता रहेको थियो। त्यसो त, पुर्व शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राइको पनि उक्त कार्यक्रममा उपस्थिति रहेको थियो।

लोकप्रिय ७ कलाकारले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। “स्वस्थ र समृद्धिका लागि” भन्ने नाराका साथ देशका सातै प्रदेशमा हुने “सप्तरंग ३”को लुम्बिनी प्रदेशको नेपालगन्जका लागि लोकप्रिय गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, अनिल सिंह, गायिका मिलन नेवार, अस्मिता अधिकारी, गायक बद्री पंगेनी र मोडल उषा उप्रेतीले आफ्नो प्रस्तुति राखेका थिए।

कलाकारहरुको साथमा नेपालगन्जबासी भरपुर झुमेका थिए। सायद यसरी भव्य दर्शकको उपस्थितिमा भएको यो कार्यक्रम कोरोना कहर पछिको पहिलो कार्यक्रम होला। जेहोस लामो समयदेखि कलाकारको प्रस्तुतिमा रमाउन नपाएका दर्शकलाई यो कार्यक्रमले राहत प्रदान गर्‍यो भन्दा फरक नपर्ला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *