फेरि एक पटक सभापति उठ्छु: देउवा

उज्यालो खबर मुख्य खबर

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अब एकपटक फेरि आफू पार्टी सभापति पदमा उठ्ने बताएका छन्।

आफू प्रधानमन्त्री पनि रहेको र एक पटक फेरि सभापति जितेमा अझै राम्रो गर्ने तर्क उनले प्रस्तुत गरेका थिए।

आज बिहान बालुवाटारमा आफूनिकट पत्रकारहरूसँग कुराकानी गर्दै देउवाले १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताए।

‘एक पटक फेरि सभापतिका लागि उम्मेदवारी दिन्छु, त्यसपछि त विधानले पनि रोक्छ,’ बैठकमा सहभागी एक नेताले देउवाको भनाइ उद्धृत गर्दै भने, ‘गठबन्धनबाट म नै अहिले प्रधानमन्त्री छु। म नै सभापति हुँदा पार्टी र सरकारले पनि राम्रो काम गर्न सक्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *