जाजरकोटमा शुक्रबार राति गएको विनाशकारी भूकम्पबाट पीडितको उद्धारका लागि सिटिजन्स बैंक इन्टरनेसनले २५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोगस्वरुप २५ लाख प्रदान गर्ने निर्णय गरेको हो ।
सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा सहयोग पुर्याउँदै आएको र भविष्यमा समेत यस्तो सेवा र सहयोगको काममा निरन्तरता दिने कुरा सिटिजन्स बैंकले जनाएको छ ।
कर्णाली प्रदेशको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै सिटिजन्स बैंकले यस क्षेत्रका ग्राहकलाई सहजरुपमा कृषि, पशुपालन र जडिबुटीसम्बन्धी कर्जा उपलब्ध गराउँदै आएको छ । जसले गर्दा यस प्रदेशको अर्थतन्त्र चलायमान भई समग्र विकासमा टेवा पुगेको छ ।
हाल सिटिजन्स बैंक इन्टरनेसनलले देशैभर १ सय ८८ वटा शाखाबाट १६ लाख ६४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।