जाजरकोटकी एक महिलाको भारतमा बलात्कारपछी हत्या

अन्य उज्यालो खबर

भारतमा जाजरकोटकी एक महिलाको बलात्कारपछि हत्या भएको छ । धन कमाउनको लागि भारतको हिमाचल प्रदेश रिकांगपिओ पुगेकी जाजरकोट भेरी नगरपालिका डिंगा स्थायी घर भएकी बर्ष ३८ की नेने रानाको बलात्कारपछी हत्या भएको हो ।

भारतीय संन्चार माध्यमका अनुसार संगै कमाउन गएका रानाको आफ्नै देवर र भिनाजुले हत्या गरेको बताएका छन् । रानाको हत्या गरेको आरोपमा २६ बर्षका कृष्णवहादुर थापा र ४० बर्षका दलवीर थापा भारतीय प्रहरीको नियन्त्रणमा रहेका छन् ।

संगै काम गर्न गएका एकजनाले दिएको जानकारी अनुसार राणाको बलात्कारपछि हत्या नै भएको जानकारी दिएका छन् । उनलाई दुईजनाको मिलेमतोमा बलात्कार गरिएको र राणाले प्रहरीलाई खवर गर्न खोज्दा हत्या गरिएको बताए ।

गत साता राना हिमाचल प्रदेश किन्नौर नमज्ञाको एक घरको कोठामा मृत फेला परेकी थिइन् । सो घटनाको थप अनुसंन्धान भने भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *