ज्ञानेन्द्र शाहीको टिम माथी कुटपिट

अन्य उज्यालो खबर

नेपालका लागि नेपाली अभियानका ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपित भएको छ । शाही विभन्नि समयमा मुछिदै आएका छन् । उनी भ्रष्टचारका वि’रुद्ध आवज उठाउने अभियान्ता हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र भट्टले शाहीको समूह र स्थानीयबीच झडप भएको बताए । एसपी भट्टले भने, ‘यो आक्रमण भन्दा पनि दुई समूहबीच झडप भएको हो । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको छ ।’ उनले आक्रमणबाट घाइते भएकाहरुको अवस्था सामान्य रहेको पनि बताए ।

१० करोड बराबरको स्वास्थ्य सामाग्री लिएर देश दौडाहा मा हिडेका तिलक बस्नेत, अभियान्ता ज्ञानेन्द्र शाही र शान्त शर्माको टिम माथी निर्घात कुटपिट भएको कुरा सामाजिक संजालमा गायक तिलक बस्नेतले पोस्ट गर्नुभएको छ ।

सामाजिक सन्जालमा पोष्ट भएको एक भिडियोमा शाही रुँदै घाइते एक युवकलाई अँगालो हालेको देखिन्छ । टाउकोको पछाडिको भागबाट रगत बगिरहेको देखिने ती युवकको प्राथमिक उपचार पनि गरेको देखिन्छ ।

शाहीले सामाजिक सन्जालमा आफूसहित राजेश महत, कृष्ण पान्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको उल्लेख गरेका छन् ।

निषेधाज्ञाको समयमा समस्यामा परेकाहरुलाई सहयोग गर्न भन्दै शाहीसहितको समूह देशका बिभिन्न जिल्लामा पुग्दै आएको छ ।

https://www.facebook.com/102227007851814/posts/551780859563091/

Leave a Reply

Your email address will not be published. Required fields are marked *