जाजरकोट : जिल्लाको छेडागाड नगरपालिकाभित्र रहेका ८२२ विपन्न परिवारालाई खाद्यान्न वितरण गरिएको छ। आफ्नै जमिनमा उत्पादित अन्नले ६ महिना खाना नपुग्ने छेडागाड नगरपालिकाभित्रका सर्वसाधारणलाई खाद्यान्न वितरण गरिएको हो।
प्रतिपरिवार रु १० हजार ८ सय १५ रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको पाँचतारा यूवा संरक्षण मञ्चका जाजरकोट छवि पन्तले जानकारी दिए।
कोभिडका कारण समस्यामा परेर हैरानी व्यहोरेका विपन्न सर्वसाधारणलाई सेभ द चिल्डेन , पाँचतारा युवा संरक्षण मञ्च जाजरकोट अवसर परियोजनाले खाद्यान्न उपलब्ध गराएको थियो।
करिब ८८ लाख ९० हजारको रुपैयाँ लागतमा खाद्यान्न दिइएको पन्तले जानकारी दिए। त्यस्तै, २ हजार ६ सय ७३ बालबालिकालाई सरसफाइका सामग्रीसमेत वितरण गरिएको छ।
त्यस्तै, स्वास्थ्य सेवा कार्यालयलाई अक्सिजन आपूर्ति गर्नका लागि मञ्चले १५ हजार सहयोग गरेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख टिकाराम जैसीले जानकारी दिए।