यात्रुबाहक बस दुर्घटनामा दुईजनाको मृत्यु

मुख्य खबर

२० चैत, दाङ । दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दाङको तुलसीपुरदेखि भालुवाङतर्फ जाँदै गरेको लु १ ख ९८६३ नं को बस लमही-घोराही सडक खण्डको मुसोट नजिकै शुक्रबार साँझ ५ बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको डीएसपी मुकुन्द रिजालले बताए ।

उनका अनुसार मृतकको सनाखत हुन सकेको छैन् । सो दुर्घटनामा दुई दर्जनबढी यात्रु घाइते भएकामा ६ गम्भीर घाइते रहेको डीएसपी रिजालले बताए ।

घाइतेहरुको लमहीकै विभिन्‍न अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *