भारतमा कोरोना संक्रमितको संख्या करिब एक करोड २१ लाख

मुख्य खबर

भारतमा गत २४ घन्टामा ५६ हजार दुई सय ११ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कुल संक्रमितको संख्या एक करोड २० लाख ९५ हजार आठ सय ५५ जना पुगेको छ ।

यस अवधिमा कोरोना भाइरस संक्रमणबाट दुई सय ७१ जनाको मृत्यु भएपछि यहाँ कुल मृतकको संख्या एक लाख ६२ हजार एक सय १४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।     

कुल संक्रमितमध्ये पाँच लाख ४० हजार सात सय २० जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने एक करोड १३ लाख ९३ हजार २१ जना संक्रमणमुक्त भएका छन्  ।

भारतमा जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म ६ करोड १० लाखभन्दा बढीले खोप लगाइसकेका छन् ।  

त्यसैगरी, कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्का अनुसार सोमबारसम्म भारतमा २४ करोड २६ लाख ५० हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । मंगलबार मात्रै एकै दिनमा सात लाख ८५ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *