संसदीय दलको नेता चयनमा प्रचण्ड

मुख्य खबर

नेकपा प्रचण्ड–माधव नेपाल समूहले विधिवत् रूपमा संसदीय दलको नेता चयन गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेता चयन भएका हुन् । 

दलको नेता छान्न ज्येष्ठ सदस्य एवं वरिष्ठ नेता झलनाथ खनालको अध्यक्षतामा शुक्रबार संसदीय दलको बैठक बसेको थियो । 

बैठकमा १११ सांसद (बहुमत) उपस्थित भएका छन् । आफ्नो समूहमा रहेका चारजना सांसद बाहिर रहेको प्रचण्ड–माधव समूहले बताएको छ । 

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरेपछि प्रचण्ड–माधव समूहले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो । संसद् पुनर्स्थापना भएपछि सो समूहले विधिवत् रूपमा दलको नेता छानेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *