अस्पताल विकास समितिद्वारा कार्यवाहीको माग

मुख्य खबर स्वास्थका कुरा

नेपालगञ्ज : भेरी अस्पताल नेपालगन्जमा नर्सहरुले ठेगाना सोधेकै बिषयलाई लिएर चिकित्सक र नर्समाथि हातपात र दुर्व्यवहार गरेको लाई कानूनी दायरामा ल्याई कडा कार्यवाही गर्ने माग राख्दै अस्पताल विकास समितिले बिज्ञप्ती जारी गरेको छ ।

आफुलाई सामाजिक अभियन्ता भन्ने ज्ञानेन्द्र शाही सहित ८/१० जना युवाहरु सोमवार अस्पतालमा प्रवेश गरि डिउटीमा खटिएका चिकित्सक र नर्समाथि हातपात र दुर्व्यवहार गरेका थिए ।

शाही अस्पतालका मेसु डा. प्रकाश थापासँग अस्पतालको विभिन्न बिषयमा छलफल गरिएका बेला शाहीसंगै आएका शिव सुबेदी सहितका युवाले नर्सिङ युनिटमा हुलहुज्जत गरेका थिए ।

नर्सहरुले ठेगाना सोधेकै बिषयलाई लिएर चिकित्सक र नर्समाथि हातपात र दुर्व्यवहार हुनु निन्दनीय भएको अस्पताल बिकास समितिले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ।

अस्पताल बिकास समितिका सदस्यहरु कृष्ण प्रसाद श्रेष्ठ, धनराम वलि, सरस्वती मल्ल र मेसु डा। प्रकाश थापाद्वारा जारी बिज्ञप्तीमा घटनामा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संलग्नको पहिचान गरि कारबाही गर्न माग गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *