भक्तपुर सडकको बनेपा–नाला– पुण्यमाता खोलाको पुल भाँचियो !

उज्यालो खबर मुख्य खबर

२१ असार, काभ्रे । अरनिको राजमार्गको धुलिखेल–सूर्यविनायक सडकको वैकल्पिक मार्ग बनेपा–नाला–भक्तपुर सडकखण्डको पुण्यमाता खोलाको पुल भाँचिएको छ ।

काभ्रेको बनेपा–नाला–भक्तपुर सडकखण्ड अन्तर्गत बनेपा नगरपालिका १ र ४ को सिमानामा रहेको पुण्यमाता खोलामा बनेको पुल भाँचिएपछि उक्त सडकमा पूर्णरुपमा आवागमन बन्द भएको जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख सुनील ध्वाजुले जानकारी दिए ।

रातिको समयमा नाला पुलबजार छेउको पुल भाँचिएपछि यात्रुहरू र स्थानीयवासीहरूलाई आवतजावतमा कठिनाइ भएको छ भने यातायातका साधनहरू वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य छन् ।

धुलिखेल सुर्यविनायक सडक निर्माण भइरहेकोले अवरुद्ध छ । त्यसकै विकल्पमा रहेको यो सडकको पनि पुल भाँचिएपछि वैकल्पिक सडक अवरुद्ध भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *