गृह मन्त्रालय र मिटरब्याज पीडित बीच आज अर्को वार्ता !

उज्यालो खबर मुख्य खबर

काठमाडौँ । आन्दोलनरत मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः वार्ता हुने भएको छ ।

गृह मन्त्रालयका सह सचिव प्रदीप कोइराला नेतृत्वको सरकारी वार्ता टोली र मिटरब्याजविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिबीच तेस्रो पटक वार्ता हुन लागेको हो ।

यसअघि सङ्घर्ष समितिले अघि सारेका मागका बारेमा आइतबार र सोमबार छलफल भएको थियो । तर, सहमति जुट्न नसक्दा वार्ता निष्कर्षबिहीन हुन पुगेको थियो ।

आज पुनः सहमतिमा पुग्ने प्रयास स्वरुप वार्ता गर्न लागिएको संघर्ष समितिका संयोजक अबधेस कुशवाहले जानकारी दिए । उनका अनुसार मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत तमसुक, दृष्टि बन्धक, रजिस्ट्रेसन र चेकलगायत मन्त्रीपरिषद् निर्णयबाट अवैध घोषणा गर्दै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेलगायत ६ बुँदे मागमा सरकारी वार्ता टोली समक्ष राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *