परासी — पश्चिम नवलपरासीको पाल्हिनन्दनमा चितुवाको आक्रमणमा परेर २ जना घाइते भएका छन् ।
पाल्हिनन्दन गाउँपालिका ४ बैरहवामा रहेको आँपको बगानमा काम गरिरहेका ४५ वर्षीय गजेन्द्र कोइरी र १८ वर्षीय सम्पत भर घाइते भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले बताए ।
घाइतेको पाल्हिनन्दन अस्पताल लौहरीमा उपचार भइरहेको छ । मानिसलाई आक्रमण गरेको देखेर गाउँलेले होहल्ला गरेपछि चितुवा भागेको थियो । मानिसलाई घाइते बनाउने चितुवाको खोजीका लागि जिल्ला वन कार्यालयको प्राविधिक टोली खटिएको छ ।