धेरै चुरोट खाने सरकारी कर्मचारलाई १४ लाख जरिवाना !

उज्यालो खबर मुख्य खबर

 जापानमा चुरोटको कारण एक कर्मचारी १४ लाखको जरिवानामा परेका छन् । जापानको ओसाका शहरमा कार्यरत एक कर्मचारीलाई चुरोट पिउनका लागि घरी घरी बाहिर गएको भन्दै त्यहाँको प्रशासनले उक्त रकम बराबरको कारवाही गरेको हो ।

चुरोट पिउनकै लागि पटक पटक ब्रेक लिएको विषय कै कारण ती कर्मचारीलाई जरिवाना गरिएको स्ट्रेट्स टाईम्समा प्रकाशित रिपोर्टमा उल्लेख गरिएको छ ।

रिपोर्टका अनुसार ती कर्मचारी चुरोट खानकै लागि पटक पटक कार्यालय बाहिर जाने गर्दथे । उनी ६१ वर्षका रहेको र उनले पछिल्लो १४ वर्षमा चुरोट पिउनकै लागि ४ हजार ५०० पटक ब्रेक लिएको उल्लेख गरिएको छ ।

कारवाही स्वरुप उनको अझै आगामी ६ महिनासम्म तलवको १० प्रतिशत कटौती गरिनेछ ।

यसका अलावा अन्य कर्मकारीलाई पनि कार्यालय समयमा चुरोट पिउन बाहिर गएको विषयमा जरिवाना गरिएको बताइएको छ ।

जापानमा धुम्रपान सम्बन्धी कानून कडा छ । कार्यालयभित्र कुनै पनि समय धुमपान गर्न मनाही छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *