उपचारका लागि अस्पातलमा भर्ना भएका बिरामी खोलामा मृत भेटिए !

उज्यालो खबर मुख्य खबर

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका एक बिरामी खोलामा मृत्य फेला परेका छन् ।

एक हप्ता अगाडी उपचार गर्न आएका तातोपानी गाउँपालिका–५ लाम्राका ७० वर्षीय लालु नेपाली दमको उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका थिए ।

लालु प्रतिष्ठानको कार्यालय अगाडि रहेको जुगार्ड खोलामा मृत फेला परेको प्रहरीले जनाएको छ । लालु उपचारको लागि चैत ४ गते आएको प्रतिष्ठानको अस्पताल प्रशासनले जनाएको छ ।

बिरामी लालुको कुरुवा उनकि बुहारी दुरपति नेपालीले गरेका थिइन् । बिरामी लालु चैत ५ गते राति करिब १२ बजेको समयमा प्रतिष्ठानबाट बाहिर निस्केका थिए । तर, बिरामी कुरुवा बुहारी दुरपतीले खोज्दा राती नभेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।

मृतकका आफन्तले भने अस्पतालमा भर्ना भएका बिरामी खोलामा मृत भेटिनुमा अस्पताल प्रशासनको गम्भीर लापरबाही भएको अरोप लगाएका छन् ।

उनीहरुले उक्त वार्डमा खटिएका स्वास्थ्यकर्मी तथा प्रतिष्ठानको मुल गेटमा खटिएका सुरक्षाकर्मीलाई कारबाही हुनुपर्ने माग राखेका छन् ।

सदरलाइन 

Leave a Reply

Your email address will not be published. Required fields are marked *