नेपालगन्जमा एक दशकदेखि क्रियाशिल साहित्यिक संस्थामध्यपश्चिम स्रष्टा समाजको नयाँकार्यसमितीचयनगरिएको छ । शनिवार नेपालगन्जमा सम्पन्न चौथो साधारणसभाले शुक्रऋिषिचौलागाईंको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति सर्वसम्मतद्वारा चयन गरेको हो ।

कार्य समितिको सदस्यहरुमा अमृत शर्मा ढकाल, वीरेन्द्र जैसी, छत्रपति सिंह, ललिता शर्मा, बालकृष्ण शर्मा, विनोद प्रसाद देवकोटा, प्रकाश भाटर अश्मिता शाह महत्रा चयन भएका हुन् । संस्थाको विधान अनुसार निर्वाचित सदस्यहरुबाट पदहरुको बाँडफाँड कार्य समितिको पहिलो बैठकले गर्ने संस्थाका निवर्तमान अध्यक्ष सृजन लम्सालले जानकारी दिए । २०६४ सालमा स्थापना भएको समाजको हालसम्मको कार्यकाल लम्सालले नै चलाउँदै आएका थिए । संस्थालाई गतिशीलता प्रदान गर्न चौथो साधारण सभाबाट नेतृत्व युवा पुस्तामा हस्तान्तरण गरिएको लम्सालले बताए । नव निर्वाचित अध्यक्ष चौलागाईंले संस्थाको हालसम्मको गरिमा बचाउँदै समानुकुल संस्थालाई गतिशीलता प्रदान गर्न कटिबद्ध रहेको बताएका छन् ।

वरिष्ठ साहित्यकार सनत रेग्मीको प्रमुख अतिथ्यमा सम्पन्न साधारण सभाको उद्घाटन सत्रमा अध्यक्ष लम्सालले संस्थाले हालसम्म गरेका कामहरुको बारेमा र सचिव अमृत शर्मा ढकालले आगामी कार्य योजनावारे प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले एक दशकको अवधिमा स्तरीय कृति प्रकाशनका साथै गुणस्तरीय र प्रभावकारी साहित्यिक कार्यक्रमहरु गरेको जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार रेग्मीले मध्यपश्चिम स्रष्टा समाजले बाँकेमा साहित्यीक उन्नयनमा पु¥याएको योगदानको प्रशंसा गरे । रेग्मीले हजुरबुवा र हजुरआमा, मातापिता र आफ्नो दम्पत्तिको नाममा तीनवटा पुरस्कार स्थापना गर्ने घोषणा गर्दै तीनवटै पुरस्कार व्यवस्थापनको जिम्मा मध्यपश्चिम स्रष्टा समाजलाई दिईने समेत जानकारी दिए । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै साहित्यकारहरु हरि प्रसादति मिल्सेना, राजेन्द्र प्रसाद धिताल, महानन्द ढकाल, खगेन्द्र गिरि कोपिला, इन्द्र बहादुर भण्डारी, विष्णुलाल कुमाल लगायतले प्रेम प्रकाश मल्लको अभिनन्दन ग्रन्थ ‘पीडाको सगरमाथा’, सनत रेग्मीको अभिनन्दन ग्रन्थ ‘सृजन सन्दर्भ’, नेपालगन्जको इतिहास समेटिएको पुस्तक ‘सद्भावको शहर नेपालगन्ज’ र ‘सृजना’ साहित्यीक पत्रिका समाजले प्रकाशन गरेका महत्वपूर्ण कृतिको रुपमा औँल्याएका बारे प्रकाश पार्नु भएको थियो ।
अधिवेसन सँगै सभामा रचना वाचनको कार्यक्रम पनि राखिएको थियो । उक्त कार्यक्रममा १ दर्जन स्रष्टाहरुले आफ्ना रचना वाचन गरेका थिए ।