के भने पठान’को ट्रेलर हेरेपछि ‘आरआरआर’ निर्देशक राजामौलीले ?

उज्यालो खबर मुख्य खबर

बलिउड अभिनेता शाहरूख खान र दीपिका पादुकोण अभिनीत फिल्म ‘पठान’ को ट्रेलर सार्वजनिक भइसकेको छ। 

फिल्मको गीत ‘बेशरम रंग’ सार्वजनिक भएपछि फिल्म विवादमा फसेको थियो। विवादसँगै फिल्मलाई बहिष्कार गर्न माग उठिरहेको थियो। तर फिल्मको ट्रेलरलाई लिएर दर्शकहरू उत्साहित थिए।

फिल्मको ट्रेलर सार्वजनिक भएपछि शाहरूख र दीपिकाका फ्यान मात्र नभई फिल्मकर्मीहरूले पनि तारिफ गरिरहेका छन्।

भारतमा हिट फिल्म दिएका निर्देशक एसएस राजामौलीले फिल्मको ट्रेलर मन परेको प्रतिक्रिया दिएका छन्। 

उनले ट्वीट गर्दै लेखेका छन्, ‘फिल्मको ट्रेलर उत्कृष्ट बनेको छ। किंग फर्किए‍‍… शाहरूख खानलाई धेरै माया र पठानका सम्पूर्ण टिमलाई शुभकामना!’

राजामौली निर्देशित फिल्म ‘आरआरआर’ को ‘नाटु नाटु’ गीतले अमेरिकामा गोल्डेन ग्लोब अवार्डमा उत्कृष्ट मौलिक गीत मोशन पिक्चरको उपाधि जितेको छ। 

अवार्ड जितेपछि शाहरूखले रामचरणलगायत निर्माण टिमलाई बधाई दिएका थिए। उक्त ट्वीटमा रिट्वीट गर्दै राजामाैलीले पठानकाे ट्रेलर मन परेकाे बताएका हुन्।

यसै फिल्मका अभिनेता रामचरणले पनि फिल्म हेर्न उत्साहित रहेको बताएका छन्।  

‘पठानको सम्पूर्ण टिमलाई शुभकामना! शाहरूख खान सर, तपाईंलाई यस्तो एक्सन सिक्वेन्समा हेर्न उत्साहित छु,’ उनले ट्वीटमा लेखेका छन्।

सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्म ‘पठान’ मा शाहरूख र दीपिका पादुकोणसँगै जोन अब्राहमको पनि मुख्य भूमिका छ। यस फिल्ममार्फत शाहरूख खान पाँच वर्षपछि कमब्याक गर्दैछन्। 

शाहरूख र दीपिका सैनिकको भूमिकामा देखिएका छन् भने जोन भिलेनको भूमिकामा देखिएका छन्। यस फिल्ममा सलमान खान केमियो भूमिकामा देखिने चर्चा छ। 

निर्देशक आनन्दको कथा रहेको फिल्मको पटकथा अब्बास टायरवालाले तयार पारेका हुन्। यो फिल्म जनावरी २५ देखि प्रदर्शन हुँदैछ। यो खबर सेतोपाटी खबर मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *