५० प्रतिशत छुट पोखरा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवामा

उज्यालो खबर मुख्य खबर

१७ पुस, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवामा ५० प्रतिशत छुट दिने भएको छ । यो छुट एक वर्षसम्म पाउने प्राधिकरणको भनाइ छ ।

पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरुलाई आकर्षित गर्न पार्किङ लगायका अन्य सेवामा एक वर्षसम्म शत प्रतिशत छुट दिने निर्णय भएको प्राधिकरणका महाप्रबन्धक प्रदिप अधिकारीले जानकारी दिए ।

आइतबार विमानस्थलको उद्घाटन समारोहमा बोल्दै उनले तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल पर्यटन क्षेत्रको विकास र विस्तारका लागि महत्वपूर्ण हुने बताए । यो खबर अनलाईन खबर मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *