सभाको पहिलो बैठक बस्दै बागमती प्रदेश

उज्यालो खबर मुख्य खबर

१८ पुस, हेटौंडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक आज दिउँसो १ बजे बस्दैछ ।

गएको ४ मंसिरमा भएको संसदीय निर्वाचनबाट चुनिएका प्रदेश सभा सदस्यहरुको शपथ ग्रहण गरेसँगै पहिलो बैठक आज बस्न लागेको हो ।

पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले गर्नेछन् । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले गएको पुस १४ गते बागमती प्रदेश सभाको पहिलो बैठक आजको लागि आह्वान गरेका थिए । उनले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको अधिवेशन आहृवान गरेका हुन् ।

प्रदेशसभा सचिवालयका सचिव कृष्ण हरी खड्काका अनुसार बिहान बागमती प्रदेश सभा सचिवालयमा बसेको सर्वदलीय बैठकले आजको बैठकमा प्रस्तुत हुने सम्भावित कार्यसूची तयार पारेको छ ।

उनका अनुसार आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्ने, दलका नेताहरुद्वारा अधिवेशन सफलताको शुभकामना व्यक्त गर्ने, प्रदेश सभा नियमावली २०७४ अनुमोदन गर्ने, सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदको चयन गर्ने लगायतका कार्यसूची छ ।

अधिवेशन सुरुभएसँगै प्रदेश सभाका सभामुख र उपसभामुख चयनको प्रकृया पनि सुरु हुनेछ । संविधानको धारा १८२ अनुसार पहिलो बैठक बसेको १५ दिन भित्रमा सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने व्यवस्था छ । यो खबर अनलाइन खबर मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *