नेपालगन्ज ।बाँके क्षेत्र नं २ को ख बाट माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिएका अकल बहादुर बम घरदैलो कार्यक्रमलाई तिव्रताका साथ अगाडि बढाएका छन् । जनताको घरदैलोमै पुगेर उनले आफ्नो पक्षमा भोट मागिरहेका छन् । जनताको अवस्थ बदल्नका लागि माओवादी केन्द्रलाई भोट दिन आग्रह गरिरहेका बमलाई मतदाताहरुबाट पनि निकै राम्रो प्रतिक्रिया मिलेको छ ।
बाँके निर्वाचन क्षेत्र नम्बर २(२) को चुनाव प्रचार समितिको घरदैलोअभियान,वडा नम्बर ४,१४,९र ३ मा घरदैलो कार्यक्रम भएको छ। मतदाताहरु माओवादी प्रती सकारात्मक रहेको र मंसिर ४ गते छाप गाेलाकार भित्रकाे हँसिया हथौड़ामा लगाउने प्रतिबद्धता जनाएका छन।
जनताले माओवादीको सिद्धान्त नै देशको लागि उपयोगी भएको तर्क गरेका छन् । युवायुवतीदेखि वृद्धवृद्धासम्मले बाँके क्षेत्र नं २ ख मा बमलाई बहुमतले विजयी गराउन लागि परेका छन। आज नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ ,१४,९र ३ वडामा घरदैलो कार्यक्रम गरेको माओवादी केन्द्र बाँके निर्वाचन क्षेत्र नं२का निर्वाचन परिचालन कमिटीका संयाेजक गेहराज रिजाल(नविन शार्मा )ले जानकारी दिए । उनले भने ‘जनलहर माओवादी केन्द्रको पक्षमा देखिएको छ ।’माओवादी केन्द्रका बाँके जिल्ला सचिव डिल्ली बराल ,निर्वाचन परिचालन समितिका सचिव रतन शाही लगायतका नेता तथा कार्याकर्ताकाे सहभागितामा घरदैलो कार्यक्रम सम्पन्न भएकाे छ।मतदातालाई मत माग्दै प्रदेश सभा सदस्य उम्मेदबार अकल बहादुर बमले यसपटक विजयी गराई गुन लगाउन आग्रह गरे। जितेपछि जनचाहाना अनुसार काम गर्छु उनले भने – ‘जनताले लगाएको गुन विर्सन्न।’
माओवादी केन्द्रका नगर संयोजक शाहीले स्थानीय आवश्यकतालाई प्राथमिकता दिने उल्लेख गरे । उनले माओवादी जनताको सेवामा समर्पित रहेरसदैव अघि बढ्ने उल्लेख गरे। प्रदेश सभा सदस्यको समानुपातिक उम्मेदवार कालि मियाँ पनि घरदैलोमा सहभागी छन् ।
समानुपातिक उम्मेदवार कालि मियाँले भने–‘जनताले यस क्षेत्रमा नयाँ अनुहार खोजेका छन् । जनता यस अगाडिका निर्वाचित प्रतिनीधिबाट सन्तुष्ट छैनन्।’ घरदैलोको क्रममा उनीहरुलाई वृद्धवृद्धाहरुले जीतको आर्शिवाद समेत दिएका थिए । उनले पार्टीका विभिन्न भातृ संगठनहरुसँग व्यक्तिगत रुपमा आफ्नो लागि माहौल बनाउन आग्रह गरे । उनले आफ्नो क्षेत्रमा विशेष हिसाबले प्रचारलाई तीव्रता दिईरहेको बताएका छन् ।