भलिबलमा महिलाको पहिलो चरणको खेल सकियो !

मुख्य खबर

 बेनी : नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलको पहिलो चरणको प्रतिस्पर्धा आइतबार सकिएको छ। राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा म्याग्दीको बेनीमा सञ्चालित प्रतियोगितामा मधेस र कर्णाली प्रदेश पहिलो चरणको खेलबाटै बाहिरिएका छन्।

लिगकम नकआउटका आधारमा खेलाइएको खेलमा सात प्रदेश र तीन विभागीय टोली सहभागी छन्। आइतबार एपीएफले नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशले मधेस प्रदेशलाई पराजित गरेका थिए। एपीएफले आर्मीलाई ३–१ सेटले हरायो। बागमतीले मधेसलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो। 

विनिता बुढाथोकीको कप्तानीमा मैदानमा उत्रिएको एपीएफले आर्मीलाई २५–२०, १९–२५, २५–२१, २५–२३ ले पराजित गर्‍यो। यसैगरी ललिता नाथको कप्तानीमा मैदानमा उत्रिएको बागमतीले प्रजुना थापाको नेतृत्वमा रहेको मधेस प्रदेशको टोलीलाई २५–६, २५–८, २५–७ को फराकिलो अन्तरमा पराजित गर्‍यो। एपिएफकी निरुता ठगुल्ना र बागमतीकी जेनिसा वुमन अफ द म्याच घोषित भए। यो खबर अन्नपूर्ण मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *