खेलकुद मन्त्री अथकले गराए बाँके १ बाट उम्मेदवारी दर्ता !

उज्यालो खबर मुख्य खबर

नेपालगन्ज । बाँके क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले उम्मेदवारी दर्ता गरेका छन् । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री अथकले सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् । २०७४ सालको संसदीय निर्वाचनमा अथक सोही निर्वाचन क्षेत्रबाट बिजयी भएका थिए ।

उम्मेदवारी दर्ता गर्ने क्रममा मन्त्री अथकले सांसद र मन्त्री हुँदा आफ्नो क्षेत्रको विकासलाई प्राथमिकता दिएको र सबै दल तथा जनप्रतिनिधीसँग सहकार्य गरेर काम गरेको स्मरण गराए । उनले अघिल्लो कार्यकालमा सुरु भएका अधिकाशं योजनाहरु सम्पन्न् भएपनि बाँकी रहेका कतिपय योजनालाई पूर्णता दिनकैलागि आफुले पुन एक पटक उम्मेदवारी दिएको बताए ।

यस्तै बाँके क्षेत्र नं. १ को प्रदेश सभा (क) तर्फ माओवादी केन्द्रकी कृष्णा केसी नमुना र प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका फुलाराम थारुले उम्मेदवारी दर्ता गराएका छन । माओवादी नेतृ केसी पनि २०७४ सालको प्रदेश सभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *