नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) आबद्ध विद्यार्थी र प्रहरीले आइतबार त्रिचन्द्र कलेजमा एकअर्कामाथि ढुंगामुढा गरेका छन् । नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिलाइ भएको विरोधमा नेविसंघले आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ । त्यसपछि विद्यार्थीले क्याम्पस परिसरभित्रैबाट प्रहरीमाथि ढुंगामुढा गरेका थिए भने विद्यार्थीले आफ्नो विरोधमा हस्तक्षेप गरेका थिए । आन्दोलनरत विद्यार्थीलाई प्रहरीले पनि ढुंगा प्रहार गरेको थियो । नागरिकता विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएपछि दोस्रोपटक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको छ । शितल निवासमा विभिन्न राजनीतिक दलका नेता तथा अन्य व्यक्तिसँग राष्ट्रपतिले विधेयकमाथि गरेको छलफलमा नेविसंघले आपत्ति जनाएको छ । नेविसंघका त्रिचन्द्रका नेता नारायण पाण्डेले अहिले लाखौं नागरिकताविहीन भएकाले संसदले पारित गरेको नागरिकता विधेयकलाई राष्ट्रपतिले संविधानबमोजिम प्रमाणीकरण गर्नुपर्ने बताए । यो खबर सेतोपाटी मा छ ।
